समाज


केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा अखिल क्रान्तिकारीको आपत्ति

केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा अखिल क्रान्तिकारीको आपत्ति

नेपालखबर
फागुन ५, २०८१ सोमबार १९:५४, काठमाडौँ

अनेरास्ववियू (क्रान्तिकारी)ले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणबारे गम्भीर ध्याकर्षण भएको जनाएको छ।  

बी टेक तेस्रो वर्ष अध्ययनरत नेपाली छात्रालाई मानसिक दबाब दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै क्रान्तिकारीले कारबाही गर्न माग गरेको हो। 

तेस्रो वर्षमा अध्ययनरत बी.टेक. की नेपाली छात्रा लम्साललाई मानसिक दबाब तथा उत्पीडन गरिएको आरोप लगाइएको छ, जसका कारण उनले आत्महत्या गर्न बाध्य भएको बताइएको छ।

संघले घटनापछि विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूले हिंसा तथा धम्कीको सामना गरिरहेको गम्भीर आरोप लगाएको छ। विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले जबरजस्ती क्याम्पस खाली गर्न लगाएको, धम्की दिएको तथा शारीरिक आक्रमण समेत गरेको गुनासो गरेका छन्। समस्याको समाधान गर्नुको सट्टा प्रशासनले नेपाली विद्यार्थीहरूलाई छात्रावास खाली गर्न निर्देशन दिनु अमानवीय व्यवहार भएको अखिल (क्रान्तिकारी) ले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad