कारोबार


जलविद्युत् उत्पादकलाई हात बाँधेर राखियो: इप्पान अध्यक्ष कार्की

जलविद्युत् उत्पादकलाई हात बाँधेर राखियो: इप्पान अध्यक्ष कार्की

नेपालखबर
फागुन ६, २०८१ मंगलबार ११:४, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् उत्पादकलाई हात बाँधेर राखिदिएको दाबी गरेका छन्। 

नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १५ खर्ब लगानी भएको क्षेत्र अन्योलमा परेको बताएका हुन्।

सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार ५०० विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। यसका लागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ। 

नेपालमा ऊर्जा उत्पादकहरू १ मेगावाट सुरु गरेकामा अहिले क्षमता बढाएर १००–२०० परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए। उनले ठूला आयोजनाका लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए।

संसदीय समिति र धितोपत्र बोर्डका कारण सर्वसाधरणलाई दिने सेयर रोकिएको उनको भनाइ छ। 

‘सरकारले १० प्रतिशत सेयर स्थानिय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था छ’, अध्यक्ष कार्कीले भने, ‘स्थानियले सेयर किन नदिएको भनी उत्पादकको गाडी फुटाइएको छ। धितोपत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म उत्पादकले दिन सक्दैनौँ।’

लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै अहिले सच्चाउनु पर्ने बताए। 

‘संघीय संसद्‌कै लेखा समिति र अर्थ समितिबीच नै मत बाझिएको छ’, उनले भने, ‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad