प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको विषयलाई लिएर अन्य विद्यार्थीलाई निकाला गरेको घटनामा कूटनीतिक पहलमार्फत समस्या समाधन गर्न लागेको बताएका छन्।
उक्त विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले होस्टलमा आत्महत्या गरेको विषयमा नेपाली विद्यार्थीहरूले उजुरी दिएपछि घटनाले उग्ररुप लिएको हो। आत्महत्या गरेकी लम्साल विश्वविद्यालयकै अर्का विद्यार्थीको प्रेम सम्बन्धमा रहेको पाइएको र आत्महत्याको कारण स्पष्ट नभए पनि, प्रेमसम्बन्धमा आएको खटपाट हुन सक्ने अनुमान गरिएको एएनआईले उल्लेख गरेको छ।
छात्राको मृत्युलाई लिएर नेपाली विद्यार्थीहरूले विश्वविद्यालयको जवाफ माग गर्दा उल्टै निकालिनु परेको बताएका छन्। यसै विषयमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्,'भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।'
केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको बताएका छन्।
केआईआईटी विश्वविद्यालय : नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट जबर्जस्ती निकाल्यो
Shares

प्रतिक्रिया