समाज


माइतीघरमा नारा- बालेन सरकारको हातमा रगत छ (तस्बिरहरू)

माइतीघरमा नारा- बालेन सरकारको हातमा रगत छ (तस्बिरहरू)

तस्बिरहरू: अनुप प्रधान/एनएएन


नेपालखबर
असार २६, २०८३ शुक्रबार १५:५३, काठमाडौँ

मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। 

शुक्रबार वैदिक सनातन युवा मोर्चाको अगुवाइमा युवाले प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्। 

प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्। उनीहरूले ‘बालेन सरकारको हातमा रगत छ’, ‘गरिब मारा आतंक बन्द गर’, ‘आत्मदाहको श्रृष्टिकर्ता दलाल पुँजीवाद व्यवस्था, फासीवाद सरकार मुर्दावाद’, ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’, ‘पीडित परिवारलाई क्षतिपूर्ति दे’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad