सर्वोच्च अदालतमा साउन ४ गतेदेखि नियमित सुनुवाइ प्रभावित हुने भएको छ।
चालु आर्थिक वर्षको लगत सार्नका लागि समय लाग्ने भएकाले साउन १० गतेसम्म नियमित सुनुवाइ प्रभावित हुने सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
सर्वोच्चले आज (शुक्रबार) एक सूचना जारी गर्दै साउन ११ गतेदेखि मात्रै नियमित सुनुवाइ हुने जानकारी गराएको छ।
यद्यपि साउन ४ देखि ७ गतेसम्म दोहोर्याई पाउँ तथा अनुमतिको निवेदन र ८ गते प्रत्यर्थी झिकाउने आदेश नभएका नेपाल सरकारवादी हुने फौजदारी मुद्दाको पुनरावेदन तथा अन्य एकतर्फी सुनुवाइ हुने निवेदनहरू पेसी चढी सुनुवाइ हुने सूचनामा उल्लेख छ।
573
Shares

प्रतिक्रिया