बलात्कार मुद्दामा दोषी ठहर भई जेल परेका हलिउडका पूर्व निर्माता हार्भी वाइन्स्टिनलाई कोरोना भाइरसको संक्रमण भएको छ।
गत महिना उनलाई अदालतले २३ वर्षको जेल सजाय सुनाएको थियो।
हाल न्युयोर्कको वेन्डे करेक्सनल जेलमा रहेका उनलाई आइसोलेसनमा राखिएको जनाइएको छ।
सो जेलका अन्य एक जना पनि संक्रमित भएको जनाइएको छ।
सन् २०१७ मा दर्जनौँ महिलाले वाइन्स्टिनले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए। त्यससँगै मी टू आन्दोलन विश्वव्यापी बनेको थियो। एजेन्सी
प्रतिक्रिया