१ सय २५ मिलियन अमेरिकी डलरको सम्पत्ति ड्यानिएल क्य्राइगसँग छ। उनले पैतृक सम्पत्ति विकृतिपूर्ण हुने बताउँदै आफूले छोराछोरीलाई मरेपछि पनि सम्पत्ति नछाड्ने बताएका हुन्।
सागा म्यागेजिनसँगको कुराकानीमा ५२ वर्षका क्य्राइगले भने,‘पैतृक सम्पत्ति विकृतिपूर्ण छ। मिहिनेत बिनाको सम्पत्तिले मानिसलाई विगार्छ।’
क्य्राइगका दुई सन्तान छन्। उनले आफ्ना सन्तानलाई सम्पत्ति दिनुको साटो मिहिनेत गर्न सिकाउने बताएका छन्।
क्य्राइग जेम्स बन्ड सिरिजको अन्तिम चलचित्रमा देखिँदैछन्। अप्रिलमा रिलिज हुने भनिएको चलचित्र कोरोना भाइरसका कारण आगामी नोभेम्बरको लागि सारिएको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया