समाज


साउदीमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते

साउदीमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते

फाइल तस्बिर: साउदी अरब


नेपालखबर
माघ २०, २०८१ आइतबार १०:१६, काठमाडौँ

साउदी अरबमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने १ नेपाली गम्भीर घाइते भएका छन्।

साउदी अरबस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको हो। 

यसैगरी उक्त बस दुर्घटनामा इलामका सुकबहादुर लिम्बु गम्भीर घाइते भएका छन्। उनको अलेमिस अस्पतालमा उपचार भइरहेको छ।

साउदीको जिजानको रिफाइनरी रोडमा गत सोमबार नेपालीसहितका श्रमिक सवार बस ट्रेलरसँग ठोकिएर भएको दुर्घटनामा भारतका ९ जना र अफ्रिकी देश घानाका ३ जनाको पनि मृत्यु भएको छ। दुर्घटनामा कूल ११ जना घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad