समाज


कोरोना भाइरसबाट यूरोपमा मात्रै ५००० बढीको मृत्यु

कोरोना भाइरसबाट यूरोपमा मात्रै ५००० बढीको मृत्यु

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १७:३१,

कोरोना भाइरस संक्रमणबाट यूरोपमा मात्रै पाँच हजार बढीको मृत्यु भएको छ।

यूरोपका इटाली, फ्रान्स र स्पेन बढी संक्रमिता राष्ट्र हुन् भने पछिल्लो समय जर्मनी पनि संक्रमितको संख्या बढेको छ।

स्पेनमा मात्रै कोरोना संक्रमणबाट कम्तिमा १ हजार जनाको मृत्यु भैसकेको छ २० हजार संक्रमित पुष्टी भएका छन्।

पछिल्लो २४ घण्टामा इटालीमा मृतकको संख्या बढेर ३४०० पुगेको छ, जुन चीनको अहिलेसम्मको मृतक संख्या भन्दा बढी हो।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा कारोना भाइरसबाट २०९,००० बढी मानिस संक्रमित भैसकेका छन् भने १०,००० बढीको मृत्यु भैसकेको छ।

अमेरिकाको जोन होपकिन्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार अहिलेसम्म ८६,००० कोरोना भाइरस संक्रमित निको भएर घर फर्केका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad