समाज


अमेरिकामा कोरोनाबाट एकैदिन १० हजार संक्रमित, २१९ को मृत्यु

अमेरिकामा कोरोनाबाट एकैदिन १० हजार संक्रमित, २१९ को मृत्यु

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १६:३३,

अमेरिकामा एकैदिन १० हजार बढीलाई कोरोना भाइरस संक्रमण भएको छ। बिहीबार मात्र १० हजार ४ सय ९० जना संक्रमित भएपछि अमेरिकी सरकार समेत स्तब्ध भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकामा कोरोना संक्रमितको १६,०५८ पुगेको छ। संक्रमितको संख्यासँगै मृतकको संख्या पनि तीन गुणाले बढेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। बुधबारसम्म ५० जनाको मृत्यु भएकामा बिहीबार त्यो संख्या बढेर २ सय १९ पुगेको छ।

अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरस संक्रमण फैलिएपछि सबै राज्यमा आपतकालीन स्वास्थ्य केन्द्र खडा गरिएको छ।

बिहीबारसम्म संक्रमण पुष्टी भएका व्यक्तिमध्ये ९ हजार ८ सय को उपचार भइरहेको तथा ती मध्ये ३ सयको अवस्था चिन्ताजनक रहेको अमेरिकी सवास्थ्य विभागले जनाएको छ। संक्रमित मध्ये १२५ जना निको भएर घर फर्केका छन्।

विभागका अनुसार अमेरिकामा कोरोना संक्रमितको उपचारमा ज्वरोको औषधी चलाइएको छ।

सरकारले न्यूयोर्कका सबै बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेको छ।

वासिङ्टनले अमेरिका–मेक्सिको अनावश्यक यात्रामा प्रतिबन्ध लगाएको छ। कम्तिमा ६० दिनका लागि विद्यार्थी सहुलियत ऋण लिन र तिर्न स्थगित गरिएको छ। महत्वपूर्ण मेडिकल सामाग्रीको आपूर्ती सहज बनाउन रक्षा उत्पादन ऐन ल्याउने तयारी गरिएको छ।

अमेरिकाको क्यालिफोर्निया राज्य ‘सटडाउन’ गरिएको छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले पूरै देश ‘लकडाउन’ गर्नु पर्ने अवस्था भने नरहेको बताएका छन्।

‘मलाई लाग्दैन हामीलाई त्यस्तो (लकडाउन) गर्ने आवश्यकता पर्नेछ,’ ट्रम्पको भनाइ युएसए टुडेले उद्धृत गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad