नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी अदालतमा हाजिर भएका छन्। जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएको एक सातापछि उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हुन्।
काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता छ। उक्त मुद्दाको थुनछेक बहसका लागि उनी आफै अदालतमा उपस्थित भएका हुन्।
उनीविरुद्ध सरकारी वकिलको कार्यालयले ५ लाख ७८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ। सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता छ।
उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ।यसअघि जोशीकै सहकर्मी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहागर्ने आदेश भएको छ।
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीमा जोशीलाई ८८ लाख र लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान गराइँदै छ। बयान सकिनासाथ थुनछेक बहस सुरु गर्ने तयारी छ।
Shares

प्रतिक्रिया