कारोबार


नेपालमा टाटाको नयाँ विद्युतीय मोडल ‘कर्भ’,  रेञ्ज ५०० किमी

नेपालमा टाटाको नयाँ विद्युतीय मोडल ‘कर्भ’,  रेञ्ज ५०० किमी

नेपालखबर
माघ ६, २०८१ आइतबार ११:३८, नयाँ दिल्ली

नेपालमा टाटाको नयाँ विद्युतीय मोडल ‘कर्भ’ सार्वजनिक हुने भएको छ। भारतमा सार्वजनिक भएको कर्भ ईभी २०२५ को ‘मास सेल’ मोडलको रुपमा नेपालमा सार्वजनिक हुने भएको हो।

नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा आउने छ। टाटा कर्भ ईभी-२ वटा ब्याट्रिको विकल्पमा रहेको छ। ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्रिमा उपलब्ध छ। टाटाको कर्भ ईभी ४३० किमी देखी ५०० किमीसम्म हुनेछ।

 

भारतमा १२३ किलोवाट मोटरको गाडीले १६५ बीएचपी पावर र २१५ एनएम टर्क जेनेरेट गर्छ। नेपालमा १२३ किलोवाट मोटरकै गाडी ल्याउँदा बढी कर लग्ने र प्रतिस्पर्धा गर्न अप्ठेरो हुनेभएपछि १०० किलोवाटसम्मको मोटर घटाएरमात्रै ल्याउने सम्भावना छ। 

आधुनिक डिजाइनको इन्टेरियर कर्भ ईभी डिअल टनमा छन्। १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको ड्राइभर डिस्प्ले रहेको छ। फिचर्सहरुमा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाईमेट कन्ट्रोल छ। गाडीको अधिकतम गति १६० प्रतिकिलोमिटर छ।  

भारतमा कर्भ इभीको शुरुवाती बजार मुल्य १७ लाख ४९ हजार छ। 

गाडीको डाइमेन्सन ४३१० लम्बाई, १८१० चौडाई र १६३७ एमएम उचाई रहेको। ह्वीलबेस २५६० एमएमसंगै ग्राउन्ड क्लियरेन्स १९३ एमएम छ। बुट स्पेस ५०० लिटरको छ। 

एसयुभी सेगमेन्टको गाडी ५ सिटर हो। नेपालमा टाटाको आधिकारिक विक्रेता सिप्रद्धी ट्रेडिङले कहिलेसम्म नेपालमा सार्वजनिक गर्छ स्पष्ट जानकारी भने दिएको छैन। सिप्रद्धीले २०२५ नेक्सनको फेसलिफ्ट र कर्भ इभी नेपाली बजारमा भित्रने जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad