प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्ति गर्न नाम सिफारिस भएको छ।
सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन्। प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो।
झापाको शिवसताक्षी-२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्।
111
Shares

प्रतिक्रिया