लुक्लाबाट काठमाडौं आइरहेको हेलि एभरेस्ट प्रालिको हेलिकप्टरमा चरा ठोक्किएको छ।
त्रिभुवन विमानस्थलका अनुसार चरा ठोक्किएलगत्तै पूर्वसावधानी अपनाएर हेलिकप्टरलाई भक्तपुरको साँगामा अवतरण गरिएको थियो।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले हेलि एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको बताए।
उनले भने, ‘लुक्लाबाट काठमाडौं आएको हेलि एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको हो। साँगामा ल्यान्ड गरेको छ। चेकजाँचको काम भइरहेको छ।’
चेकजाँचपछि पुन: उड्ने उनले जानकारी दिए।
उक्त हेलिकप्टरमा ५ जना विदेशी यात्रु र पाइलट रहेको शेर्पाले बताए। उनीहरु सबै सकुशल रहेको उनको भनाइ छ।
528
Shares

प्रतिक्रिया