तराई-मधेस महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह (क्रान्ति)सहित ११ जना भारतको दिल्लीमा सम्मानित भएका छन्।
फाउण्डेशनकी अध्यक्ष क्रान्ति, मधेस प्रदेशका पूर्वसांसद नेत्रविक्रम साह, अनवर अलि र बाल किसुन साह, शिवनारायण मेहता, पत्रकार मिश्रिलाल मधुकर, जनकपुरधामका मेयर मनोज साह र डाक्टर उपेन्द्र साहलाई इन्टरनेशनल अवार्डसहित सम्मान गरिएको हो।

त्यसैगरि सोही कार्यक्रममा प्रमोद शर्मा, सुनिता कलवार, उषा कुमारी साह र शोभा साह पनि फिलोपसि अवार्ड प्रदान गरिएको छ।
कार्यक्रममा ग्लोबल ह्यूमन राईट प्रोटेकशन फोरम आसामका अध्यक्ष महानन्दा सरकार दत्तको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा ग्लोबल ह्यूमन राइट प्रोटेकशन फोरमका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. काशिराम जी पैठणे, भारत बलुचीस्तान परिषद्का मीर यार खान, गेलोबल ह्यूमन राइट प्रो. फोरमका कार्यकारी अध्यक्ष विनोद माककी र ग्लोबल ह्यूमन राइट प्रोटेकसन फोरम महाराष्ट्रका डेप्युटी डायरेक्टर प्रेमान्द सरकटेको उपस्थिति थियो।
Shares

प्रतिक्रिया