ग्लोबल


भानुआटु भूकम्प: मृत्यु हुनेको संख्या १४ पुग्यो

भानुआटु भूकम्प: मृत्यु हुनेको संख्या १४ पुग्यो

नेपालखबर
पुस ३, २०८१ बुधबार ९:१८, काठमाडौँ

भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। 

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको बीबीसीले जनाएको छ।

भानुआटुमा मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी २ सय जना घाइते पनि भएका छन्।

भूकम्पका कारण भवनहरू ध्वस्त भएका छन्। 

त्यहाँस्थित अमेरिका, फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासमा पनि बिजुली अवरुद्ध भएको छ। मोबाइल सेवा पनि ठप्प छ।

भानुआटु प्रहरीले सात दिनका लागि ‘आपत्‌कालीन अवस्था’ लागू गरिएको जनाएको छ। 

कहाँ छ भानुआटु देश?

भानुआटु दक्षिण प्रशान्त महासागरमा ८० साना टापुहरूको देश हो।

यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्व छ।

यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ। जहाँ भूकम्प र अन्य प्राकृतिक प्रकोप आइरहन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad