काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बसको ठक्करबाट ज्यान गुमाउने एकै परिवारका भएको खुलेको छ।
स्थानीय वीरेन्द्र अधिकारीका अनुसार दुर्घटनामा मारिने हजुरबुबा र नातिनी हुन्। कमल गाउँपालिका ३ सानो केर्खा घर भएका टेकबाहदुर लिम्बु र उनकी नातिनी कृपा लिम्बुको ज्यान गएको हो।
लालिमा बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्ने कृपाको जन्म दिन मनाउनका लागि चोकमा केक र मासु किनेर साइकलमा उनीहरू घर फर्किँदै गर्दा रात्रि बसले ठक्कर दिएको थियो।
ठक्करबाट घटनास्थलमै ज्यान गुमाएका दुवै जनाको शव प्रहरीले भ्यानमा उठाएपछि अवस्था तनावपूर्ण बनेको स्थानीयको भनाई छ। प्रहरीले हत्तार हत्तार शव उठाएको र ठक्कर दिने बसलाई लगेर चौकीमा राखेपछि अवस्था तनावपूर्ण बनेको स्थानीयले नेपालखबरलाई जानकारी दिए।
प्रहरीले उठाउँदै गर्दै स्थानीयले शव भ्यानबाट झारेर सडकमै राखेका छन्। अहिले साइकल र दुवै शव सडकमै छ। आक्रोसित स्थानीयले नजिकै रहेका प्रहरी बिटमा आगजनि गरेका छन्। चौकीभित्र रहेको बसमा तोडफोड गरेका छन्।
बसमा आगजनि गर्न स्थानीय चौकीभित्रै प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। अहिले पनि त्यहाँ तनावपूर्ण अवस्था रहेको अधिकारीले बताए।
झापामा जन्मदिन मनाउन केक लिएर फर्किँदै गरेकी बालिकासहित २ जनाको दुर्घटनामा मृत्यु
Shares

प्रतिक्रिया