झापाको केर्खामा सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ।
कमल गाउँपालिकास्थित पुर्वपश्चिम राजमार्गमा पर्ने केर्खामा दुर्घटनामा २ जनाको मृत्यु भएको हो। मृतकको सनाखत भइसकेको छैन।
मृत्युपछि उनीहरुको शव सडकमै छ। स्थानीयले अहिले राजमार्ग अवरोध गरेका छन्।
नजिकै रकेको प्रहरी बिटमा पनि आगजनी गरेका छन्। प्रहरी चौकी केर्खामा स्थानीयले ढुंगामुडा गरिरहेका छन्।
मृतक एक बालिका र एक जना पुरुष छन्। बालिकाको आज जन्म दिन रहेको र उनको जन्मदिनका लागि केक लिएर फर्किँदै गर्दा बसले ठक्कर दिएको स्थानीयले बताएका छन्।
प्रहरी चौकीमै तोडफोड गर्न थालेपछि प्रहरीले केही सेल अस्रुग्यास प्रहार गरेको छ। केर्खामा सशस्त्र प्रहरीसहित, नेपाल प्रहरीको थप टोली घटनास्थलमा पुगेको छ।
4.3k
Shares

प्रतिक्रिया