समाज


सिन्धुली दुर्घटनामा ज्यान गुमाउने भोजपुर हतुवागढीका एक जनाको सनाखत

सिन्धुली दुर्घटनामा ज्यान गुमाउने भोजपुर हतुवागढीका एक जनाको सनाखत

नेपालखबर
असोज २१, २०८१ सोमबार २२:१६, काठमाडौँ

मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सोमबार दिउँसो भएको दुर्घटनामा ज्यान गुमाउने दुईजनामध्ये एकजनाको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुली एसपी गोविन्दराज काफ्लेका अनुसार भोजपुर हतुवागढी गाउँपालिका–१ का बुद्धिमान तामाङको सनाखत भएको हो। अर्का एकजनाको भने अझै पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

मृतक तामाङको पर्समा भएको एटीएम र गाडीको टिकटका आधारमा प्रहरीले सनाखत गरेको हो। मृतक तामाङको परिवारसँग समन्वय भइसकेको उनले बताए।

सोमबार दिउँसो बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको निधन भएको थियो। 

गाडीमा सवार यात्रुको संख्या यकिन भइनसकेको र पहिचान हुन बाँकी अर्का एकजनाका परिवारसँग पुग्ने समन्वय भइरहेको काफ्लेले बताए।

सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad