समाज


सिन्धुली बस दुर्घटना अपडेट : घटनास्थलमै दुई जनाको मृत्यु

सिन्धुली बस दुर्घटना अपडेट : घटनास्थलमै दुई जनाको मृत्यु

नेपालखबर
असोज २१, २०८१ सोमबार १६:५०, काठमाडौँ

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। 

सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो। 

बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad