समाज


इटलीमा डेढ करोड मानिस क्वारेन्टाइनमा, भागे ३ महिना जेल

इटलीमा डेढ करोड मानिस क्वारेन्टाइनमा, भागे ३ महिना जेल

नेपालखबर
फागुन २५, २०७६ आइतबार ५:२९,

कोरोना भाइरसको संक्रमण व्यापक मात्रामा फैलिन थालेपछि इटलीमा डेढ करोडभन्दा बढी मानिसलाई १ महिनासम्मका लागि क्वारेन्टाइन (अलग्गै सुरक्षित स्थान)मा राखिएको छ।

कोरोना संक्रमण फैलिएको लोम्बार्डी र वित्तीय क्षेत्र मिलानलगायत स्थानमा गरी १ करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको त्यहाँका प्रधानमन्त्रीले जानकारी दिएका हुन्।

उनका अनुसार उनीहरूलाई आउने अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ।

क्वारेन्टाइनबाट भागे ३ महिना जेल सजाय भोग्नुपर्ने इटली सरकारले घोषणा गरेको छ।

नयाँ कोरोनाभाइरसको संक्रमणका नियन्त्रणका लागि व्यायामशाला, पौडीपोखरी, संग्रहालय स्कि रिजोर्ट पनि बन्द गरिने बीबीसीले जनाएको छ।

युरोपेली मुलुकमध्ये सबैभन्दा बढी इटलीमा कोरोना संक्रमण फैलिएको छ।

करोड मानिसको बसोबास रहेको लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन्।

भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहने बताइएको छ।

त्यसबाट कूल १ करोड ६० लाख मानिस प्रभावित हुनेछ बीबीसीको समाचारमा उल्लेख छ।

कोभिड-१९ बाट इटलीमा मृत्यु हुनेको संख्या २ सय ३० पुगेको छ।

अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुगेको छ।

यस्तै संक्रमणमा पर्नेको संख्या ५ हजा ८८३ पुगेको पुगेको इटलीको राष्ट्रिय स्वास्थ्य निकायले जानकारी दिएको छ।

मृत्यु हुने मानिको औसत आयु ८१ रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै स्वास्थ्यसम्बन्धी अन्य समस्या थिए।

मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष रहेको जनाइएको छ। विश्वकै धेरै उमेर भएका नागरिक रहेको देशमध्ये इटली पनि एक हो।

यसैबीच विश्व स्वास्थ्य संगठनले इटलीलाई संक्रमण फैलिन नदिन गम्भीर रूपमा लाग्न सुझाव दिएको छ।

अहिलेसम्म विश्वभरि कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ३५ सय नाघेकाे छ भने  संक्रमित हुनेको संख्या १ लाख २ हजार नाघेकाे छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad