ad ad

समाज


घण्टाघर- गणेशस्थान- कमलादीमोडमा दुईतर्फी सवारी चल्ने

घण्टाघर- गणेशस्थान- कमलादीमोडमा दुईतर्फी सवारी चल्ने

तस्बिर: सरोज नेपाल


नेपालखबर
साउन २७, २०८१ आइतबार २१:५५, काठमाडौँ

काठमाडौंको घण्टाघर– गणेशस्थान– कमलादीमोड सडक तत्कालका लागि दुईतर्फी सञ्चालमा ल्याइएको छ।

न्युप्लाजा नजिकै सडकमा भ्वाङ परेका कारण सवारी साधन डाइर्भन गर्दा अत्यधिक चाप परेको भन्दै ट्राफिक प्रहरी कार्यालयले एकतर्फी रहेको घण्टाघर– गणेशस्थान– कमलादीमोड सडक दुईतर्फी बनाएको हो।

भ्वाङ परेको स्थानबाट सहज रुपमा सवारी सञ्चालन नहुँदासम्मका लागि डिभिजन सडक कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकासँगको समन्वयमा यो व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

वर्षाका कारण महेन्द्र शालिकदेखि कृष्णपाउरोटी सडक खण्ड अन्तर्गत प्लाजा नजिकको (टुकुचा माथि) सडकमा भ्वाङ परेको थियो।

‘महेन्द्रशालिकबाट दक्षिण गेट हुँदै जय नेपाल तर्फ सवारी साधन डाइभर्सन गर्दा सवारीको अत्यधिक चाप बढेको कारण सडक प्रयोगकर्ताहरुलाई समस्या पर्न गएकोले सहज सवारी आवागमनको लागि उपरोक्त सडक खण्ड निर्माण कार्य सम्पन्न भई पूर्णरुपमा सञ्चालन नभएसम्म हाल एकतर्फी रुपमा सञ्चालित घण्टाघर–गणेशस्थान– कमलादीमोड सडक खण्डबाट दुई तर्फीरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .