ad ad

समाज


सौर्य एयर दुर्घटनामा बिलाए एकै परिवारका तीन जना

सौर्य एयर दुर्घटनामा बिलाए एकै परिवारका तीन जना

नेपालखबर
साउन ९, २०८१ बुधबार १५:१, काठमाडौँ

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ।

एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, शर्माका श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान गएको हो। 

आफू पोखरा जाने भएपछि शर्माले श्रीमती र छोरालाई पनि सँगै लगेका बुझिएको छ। 

पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी प्रिजा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिवको सचिवालयमा कम्युटर अपरेटरको रुपमा कार्यरत थिइन्। 

मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन्।

विमान चालक मनिष शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनाम‌ंगलमा उपचार भइरहेको छ।

उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .