ad ad

कारोबार


सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परे

सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परे

नेपालखबर
साउन ९, २०८१ बुधबार १३:१८, काठमाडौँ

सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परेका छन्।

सौर्य एयरलाइन्सको सुरक्षा प्रमुख, मर्मत म्यानेजर समेत दुर्घटनामा परेका हुन्। 

सौर्य एयरलाइन्सका अनुसार सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल, अपरेसन डाइरेक्टर क्यापटेन मनिषरत्न शाक्य, दिलिप बर्मा क्वालिटी एस्विरेन्स प्रमुख दिलिप बर्मा रहेका छन्। 

क्याप्टेन शाक्यको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। अन्य ४ जनाको मृत्यु भइसकेको छ। 

क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए। उनले २०१२ देखि स्रिमिक एयरलाइन्समा करिब ३ वर्ष ट्रेनिङ म्यानेजरको रुपमा काम गरेका थिए।

शाक्य २०१४ देखि सिम्रिक एयरलाइन्समा उडान सुरु गरे। पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन रहेका छन्। शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका हुन्।

सौर्य एयरलाइन्स दुर्घटनास्थल र उद्धार कार्य (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .