ad ad

समाज


२५ मिनेटमा निभाइएको थियो दुर्घटनामा परेको विमानको आगो

२५ मिनेटमा निभाइएको थियो दुर्घटनामा परेको विमानको आगो

नेपालखबर
साउन ९, २०८१ बुधबार १२:५५, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेको सौर्य एअरलाइन्सको जहाजमा लागेको आगो नभाउन २५ मिनेट लागेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार २५ मिनेटसम्ममा जहाजमा लागेको पूरै आगो निभाइएको थियाे।

जहाज १९ जना सवार थिए। त्यसमध्ये क्याप्टेन एमआर शाक्यको अहिले केएमपीमा उपचार भइरहेको छ। दुर्घटनामा १८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।

दुर्घटनास्थलबाट संकलित शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। उक्त जहाज पाेखरा उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ। विमानस्थल बन्द हुँदा दर्जनौं उडान अवतरण प्रभावित भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .