ad ad

समाज


सौर्यको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन शाक्यको आईसीयूमा उपचार हुँदै

सौर्यको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन शाक्यको आईसीयूमा उपचार हुँदै

नेपालखबर
साउन ९, २०८१ बुधबार १३:४३, काठमाडौँ

त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका पाइलट मनिष शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार, उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।

विमानमा सवार १९ मध्ये अन्य १८ जनाको मृत्यु भइसकेको छ। प्रहरीका अनुसार, १८ जनाकै शवहरू उद्धार गरेर अहिले त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। 

साढे १२ बजेसम्म ३ वटा शव त्रिवि शिक्षण अस्पताल पु¥याइएको र तीनवटै शव चिकित्सकले मृत घोषणा गरेका छन्।

बुधबार बिहान ११ः११ बजे दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरू, एम्बुलेन्स लगायत खटिएको थियो। 

क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए। उनले २०१२ देखि स्रिमिक एयरलाइन्समा करिब ३ वर्ष ट्रेनिङ म्यानेजरको रुपमा काम गरेका थिए।

शाक्य २०१४ देखि सिम्रिक एयरलाइन्समा उडान सुरु गरे। पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन रहेका छन्। शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .