ad ad

समाज


सौर्य एयरलाइन्सको विमानमा सवार १९ जनामध्ये पाइलट मात्र बाँच्न सफल

सौर्य एयरलाइन्सको विमानमा सवार १९ जनामध्ये पाइलट मात्र बाँच्न सफल

नेपालखबर
साउन ९, २०८१ बुधबार १३:१५, काठमाडौँ

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) मा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक जना मात्र बाँच्न सफल भएका छन्। 

विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीका अनुसार जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको हो।

दुर्घटनाग्रस्त विमान।

मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ  ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको हो। 

दुर्घटनामा को पाइलट एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको मृत्यु भएको हो।  

दुर्घटनामा विमान चालक (पाइलट) मनीष शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरिएको हो।

फाइल तस्बिर : पाइलट मनीष शाक्य

उनको हाल केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। आँखामा चोट लागेको उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

सौर्य एयरलाइन्स दुर्घटनास्थल र उद्धार कार्य (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .