समाज


तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

नेपालखबर
असार ३, २०८३ बुधबार २१:५९, काठमाडौँ

नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरले बुधबार साँझ पहिरो खसिरहेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो।

कार्यालयले पहिरो झर्ने क्रम जारी नै रहेको जनाउँदै पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन परिचालन भैसकेको जनाएको छ। 

साथै, यात्रुहरूलाई नेपाल प्रहरीको निर्देशनमा बाटोको अवस्था बुझेर मात्रै  सुरक्षित यात्रा गर्न पनि सडक कार्यालयले आग्रह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad