समाज


सर्लाहीमा ७५ बोरा फर्सीको बीउ बरामद,  नियन्त्रणमा लिन फायर खोल्नुपर्‍यो

सर्लाहीमा ७५ बोरा फर्सीको बीउ बरामद,  नियन्त्रणमा लिन फायर खोल्नुपर्‍यो

नेपालखबर
असार ४, २०८३ बिहिबार १५:४५, काठमाडौँ

सर्लाहीको मलंगवा नगरपालिका-२, कृष्णमन्दिरस्थित सेल्स सप्लायर्सबाट सशस्त्र प्रहरीले बिहीबार ७५ बोरा फर्सीको बीउ बरामद गरेको छ। 

सोही ठाउँ बस्ने नविन कुमार यादवको दिनकर सेल्स सप्लायर्समा अवैधरूपमा भण्डारण गरी राखिएको फर्सीको बीउ सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाही, सीमा सुरक्षा गुल्म मलंगवा, बोर्डर आउट पोष्ट खुटौना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० सर्लाहीको टोलीले जेठ ३ गते रातिनै सप्लायर्समा छापा हानेको सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।

उक्त सप्लायर्सबाट बीउ बरामद गर्ने क्रममा केही स्थानीय भेला भई ढुंगामुढा गरेका थिए।

सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एउटा ग्यास सेल फायरसमेत गरेको उनले जानकारी दिए।

ढुंगा प्रहारबाट गणको ट्रकमा सामान्य क्षति पुगेको छ। बरामद बीउ सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad