नेपालको दीर्घकालीन विकास, नीतिगत सुधार, आर्थिक सम्भावना तथा भविष्यका अवसर र चुनौतीमाथि गहन बहस गर्ने उद्देश्यसहित ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुने भएको छ।
नेपाल फ्युचर फोरमद्वारा आयोजित पहिलो वार्षिक सम्मेलन शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको द ब्लु प्याभिलियनमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम भौतिक उपस्थितिका साथै अनलाइन लाइभस्ट्रिममार्फत पनि सार्वजनिक रूपमा प्रसारण गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन फोरमका संयोजक अब्दुस मियाले गर्नेछन्।
उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठले ‘नेपालको आर्थिक सम्भावनाः सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण’ विषयमा धारणा राख्नेछन्।
उनले लगानी, व्यापार, जलविद्युत्, उद्यमशीलता र नवप्रवर्तनका माध्यमबाट नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत आयोजकले जनाएको छ।
कार्यक्रममा ‘प्रविधि, कृत्रिम बुद्धिमत्ता र नेपालको डिजिटल भविष्य’, ‘नेपाल संक्रमणमाः आउँदो दशकमा नेपालले के सही गर्नुपर्छ?’, ‘लोकतन्त्र, सुशासन र राजनीतिको भविष्य’, ‘फ्युचर टक्स’लगायतका सेसन हुनेछन्।
Shares

प्रतिक्रिया