काठमाडौँ महानगरपालिकाले चराचुरुङीका लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ।
आगामी वर्षको बजेटमा सो उल्लेख गरेको हो।
‘प्लाष्टिक झोलामुक्त काठमाडौँको लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि मुलतः वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा तर्फ १ अरब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अरब ५३ करोड, सामाजिक विकासमा ४९ करोड, पूर्वाधार विकासमा ५ अरब ४१ करोड, हरियाली प्रबर्धन गर्न ४३ करोड, सूचना प्रविधि तर्फ ४१ करोड, स्वास्थ्य सेवातर्फ ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ।’
18
Shares

प्रतिक्रिया