यतिबेला (शुक्रबार बिहान) काठमाडौं उपत्यकाको आकाश हुस्सुले ढाकेको छ। अहिले काठमाडौंकाे वातावरण धुम्म भएको छ।
मौमस पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार हुस्सुका कारण अहिले काठमाडौं उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) कम भएको छ।
भिजिबिलिटी भनेको आँखाले कति परसम्म देख्न सकिन्छ भन्ने कुरा हाे।
मौसमविद् कँडेलका अनुसारहुस्सुका काठमाडौं उपत्यकामा अहिले यस्तो पारदर्शिता २ किलोमिटर मात्र छ। अर्थात् २ किलोमिटर परसम्मको दृश्य मात्र देखिने अवस्था छ।
‘यसले स्थल यातायातमा असर नपारे पनि हवाई यातायातमा केही प्रभाव पार्न सक्छ,’ शुक्रबार बिहान मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘आन्तरिक उडानमा त यसले खासै प्रभाव नपार्ला तर अन्तर्राष्ट्रिय उडानमा केही प्रभाव पार्न सक्ने देखिन्छ।’
यस्तो हुस्सु अहिले काठमाडौं उपत्यकासहित पहाडी भेगका एक दुई स्थान र तराईका पनि एक दुई ठाउँमा देखिएको उनले जानकारी दिइन्। तर यो बिहान ९ बजेपछि बिस्तारै हट्दै जाने उनले बताइन्।
आज (शुक्रबार) पहाडी भेगमा आंशिक बदली (आकाशमा अलिअलि बादल देखिने तर घाम पनि देखिने) हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
अझै एक दुई दिन मौसम यस्तै रहने संकेत देखिएको मौसमविद् कँडेलले बताइन्।
।
Shares
प्रतिक्रिया