ad ad

छापा खबर


असारभित्रै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने यस्तो छ तयारी

असारभित्रै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने यस्तो छ तयारी

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १:४७,

सरकारले मेलम्चीको पानी आगामी असार मसान्तबाट वितरण गर्ने गरी तयारी थालेको छ।

मेलम्ची खानेपानी आयोजनाले निर्माण पूरा हुनुभन्दा ६ महिनाअगावै वैकल्पिक व्यवस्था गरेर पानी ल्याउने तयारी गरेको हो।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो।

आयोजना निर्माण सुरु भएको २० वर्षपछि पनि काम पूरा नै नगरी सरकारले नीति तथा कार्यक्रमको प्रभाव देखाउन वैकल्पिक पाइपलाइन बनाएर पानी ल्याउने भएको हो। यो खबर आजको नयाँ पत्रिकामा प्रकाश धौलाकोटीले खेलेका छन्।

हालसम्म आयोजनाको ९५.१२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए। उनले भने, ‘असार मसान्तभित्र मेलम्चीको पानी जसरी पनि सुन्दरीजल प्रशोधन केन्द्रमा झार्ने र वितरण गर्ने तयारी छ।’

असार मसान्तभित्रै पानी ल्याउने तयारी रहेको भन्दै मेलम्ची खानेपानी विकास समितिले जारी गरेको श्वेतपत्र खानेपानी मन्त्री बिना मगरले बिहीबार सार्वजनिक गरिन्।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको आयोजनामा २९ मंसिर ०७५ देखि इटालियन कम्पनी सिएमसीले काम छाडेपछि ११ महिना निर्माण ठप्प बन्यो । सरकारले पुस मसान्त ०७७ भित्र काम सक्नेगरी गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएपछि पुनः काम सुचारु भएको थियो।

आयोजना प्रमुख खत्रीका अनुसार सिनो हाइड्रोले अहिले सुरुङ निर्माण र स्थायी बाँध निर्माण दुई चरणमा विभाजन गरेर अघि बढाएको छ। सुरुङ निर्माण आगामी असोजमा र बाँध निर्माण पुस मसान्तभित्र सक्नुपर्ने सम्झौता छ।

‘सम्झौताभन्दा अगावै सम्पन्न गर्ने तयारी छ, निर्माण कम्पनी पनि सकारात्मक छ,’ प्रमुख खत्रीले भने, ‘कफरड्याम निर्माण असार मसान्तभित्रै सकिन्छ, नभए वैकल्पिक पाइललाइनबाट भए पनि मेलम्चीको पानी सुन्दरीजलमा झार्छौँ।’

असार मसान्तभित्र १४ वटा गेट जडान, आठ सय मिटर दूरीको मुख्य सुरुङ, प्यानल बोर्ड, सेन्सर, वाल बुसिङ, सुरुङ परीक्षण र सञ्चालन गर्ने आयोजनाको परिमार्जित कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .