ad ad

समाज


देशका एक सय ८४ पुल समस्याग्रस्त

देशका एक सय ८४ पुल समस्याग्रस्त

नेपालखबर
फागुन २, २०७६ शुक्रबार २:१६,

देशभर निर्माणाधीन पुलमध्ये १ सय ८४ पुल समस्याग्रस्त बनेका छन्। रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी देखिएको छ।

निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ।

स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ।

कतिपय ठाउँमा प्रक्रियागत तथा मौसमलगायतका कारणले निर्माणमा ढिलाइ हुने गरेको सडक विभाग, पुल महाशाखाले जनाएको छ। निर्माणाधीन पुलमध्ये ९६ पुल निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिए।

‘निर्माण व्यवसायीले गलत मनसायले ढिलाइ गर्दा कारवाही हुने भए पनि अरु समस्याका कारण ढिलाइ हुँदा अवधि थप गर्दै आएका छौँ,’ भट्टराईले भने।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडक आयोजनाअन्तर्गतका पुलमा पनि समस्या देखिएको छ। हुलाकी राजमार्गमा नौ पुलमा समस्या देखिएको छ। ६० सडकमा पुल निर्माणाधीन छन्।

मध्यपहाडी लोकमार्गमा अहिले १५ पुल निर्माण अघि बढेको छ। ती मध्ये चार पुल निर्माण कार्य व्यवसायीका कारण अघि बढ्न सकिरहेको छैन।

रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको विभागले जनाएको छ। स्थानीय पुल ६४ र रणनीतिक पुल तीन वटाको डिजाइन पूरा भएको छ।

निर्माणमा ढिलाई गर्ने कतिपय व्यवसायीलाई कारवाहीको प्रक्रिया शुरु भइसकेको भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .