ad ad

समाज


विदा हुनुअघि आईजीपी खनाल उद्घाटनमा व्यस्त, प्रहरीकाे शिर ऊँचो पारेकाे दाबी 

विदा हुनुअघि आईजीपी खनाल उद्घाटनमा व्यस्त, प्रहरीकाे शिर ऊँचो पारेकाे दाबी 

नेपालखबर
माघ २८, २०७६ मंगलबार ९:४७,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पदबाट अवकाश लिनु केही घण्टाअघि उद्घाटन कार्यक्रममा व्यस्त भएका छन्।

खनालले मंगलबार प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम र महानगरीय प्रहरी पहरा गण सामाखुसी परिसरमा नवनिर्मित ब्यारेक भवनको उद्‍घाटन गरेका हुन्। प्रहरी महानिरीक्षक खनालले नवनिर्मित अडिटोरियमको प्रहरी प्रधान कार्यालयमा र महानगरीय प्रहरी पहरा गण सामाखुसीमा नवनिर्मित ब्यारेक भवनको सोही गणमा आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच उद्‍घाटन गरे।

आजै अपराह्न मन्त्रिपरिषद् बैठक बसी नयाँ आईजीपी नियुक्त गर्दै छ। नयाँ आईजीपीमा सरकारले प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने तयारी गरेको स्रोतको भनाइ छ।

Image may contain: 4 people, people standing and indoor

उद्‍घाटनपश्चात् प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कन्सल्ट्यान्ट इन्जिनियर डा पुरुषोत्तम डंगोल, निर्माण व्यवसायी नवराज श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक फणिन्द्र बराल र प्रहरी निरीक्षक रोशन सारुलाई प्रशंसापत्र वितरण गरेका थिए।

छोटो अवधिमा नै गुणस्तरीय भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने व्यक्तित्वहरुप्रति उनले आभार प्रकट गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कानुन कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी सबै प्रहरी कर्मचारीहरुले निष्ठापूर्वक एवं इमानदारिताकासाथ जिम्मेवारी वहन गर्नुपर्ने बताए।

Image may contain: 12 people, people standing

संगठनको सुधार एवं आन्तरिक सुदृढीकरणको लागि आफू सदैव लागि परेको चर्चा गर्दै प्रहरी अधिकृत तथा जवानहरुको मनोबल उच्च बनाउनका लागि अनवरत रुपमा अगाडि बढेको उनले बताए। आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको उनले दाबी गरे।

आफ्नो ३० वर्षे लामो सेवा अवधिमा आफू कार्यरत विभिन्न प्रहरी कार्यालयका लागि भवन निर्माण सम्पन्न गर्दै आएको स्मरण गर्दै प्रहरी महानिरीक्षक खनालले आफ्नो प्रयास प्रहरीकै शिर उँचो पार्नबाहेक कुनै सम्झौता नगरेको चर्चा गरे।

Image may contain: one or more people, crowd and indoor

सेवा पश्चात पनि भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि आफू सदैव क्रियाशील रहने विचार व्यक्त गर्दै नागरिक समाजमा रहेर समेत संगठनको श्रीवृद्धिको लागि योगदान गर्ने उनले बताए। समारोहमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक इ. लोकेशचन्द्र सिंहले स्वागत मन्तव्य तथा भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रहरी प्रधान कार्यालय परिसरभित्र नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित आधुनिक, सुरक्षित र समय सापेक्ष निर्माण सम्पन्न भएको अडिटोरियममा बढी क्षमता सहितको मुख्य हल, कन्फेरेन्स तथा मिटिङ हल रहेको सो अवसरमा जानकारी दिइयो ।

साथै महानगरीय प्रहरी पहरा गण सामाखुसीको परिसरभित्र नेपाल सरकारको नियमित बजेटबाट निर्मित ब्यारेक भवनमा पहरा गण, सवारी महाशाखा, विपद् व्यवस्थापन महाशाखा, सिनियर प्रहरी आवास, कक्षाकोठा र परिक्षार्थी ब्यारेक समेत रहेको सोही अवसरमा जानकारी गराइयो।

समारोह पश्चात् प्रहरी महानिरीक्षक खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले नवनिर्मित भवनहरुको अवलोकन समेत गरेका थिए। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .