ad ad

राजनीति


जहाँजहाँ मोदी र आदित्यनाथले प्रचार गरे, त्यहीँत्यहीँ हार्‍यो भाजपा

जहाँजहाँ मोदी र आदित्यनाथले प्रचार गरे, त्यहीँत्यहीँ हार्‍यो भाजपा

नेपालखबर
माघ २८, २०७६ मंगलबार ९:४६,

भारतको दिल्ली विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय जनता पार्टीको तर्फबाट अनेकौँ चुनावी र्‍याली गरेका थिए। तर, जुनजुन स्थानमा मोदी र आदित्यनाथले र्‍याली गरेका थिए, भाजपाले तिनै स्थान गुमाउने देखिएको छ।

मतगणना जारी रहँदा दिउँसो ३ बजे ७० मध्ये ६२ सिटमा आम आदमी पार्टी र भाजपा ८ सिटमा अगाडि छन्।

राष्ट्रव्यापी रुपमा प्रमुख विपक्षी दल कंग्रेस कुनै पनि सिटमा अगाडि छैन।

आदित्यनाथले चुनाव प्रचारको समयमा शाहीन बागको प्रदर्शनको मुद्दा उठाएका थिए।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया एक पटक पछाडि परेका थिए। तर उनले त्यसलाई उल्ट्याउँदै २ हजार मत अन्तरले चुनाव जितेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .