शुक्रबार साँझ भक्तपुरको सानोठिमीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
अघि साँझ सवा सात बजे मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमीस्थित अनुदानचोकमा प्रदेश ३-०२-००७ प. १६६६ नम्बको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
दुर्घटनामा दोलखाको शैलुङ गाँउपालिका- ७ घर भइ हाल भक्तपुरको बोडेमा बस्दै आएका ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
तीव्र गतिको मोटरसाइकल सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोक्किँदा गिरी गम्भीर घाइते भएका थिए। उनको भक्तपुरस्थित नागरिक अस्पताल गठ्ठाघरमा उपचारकै क्रममा राति पौने आठ बजे मृत्यु भएको हो।
गिरीको शव पोष्टमाटर्मको लागि भक्तपुर अस्पताल दुधपाटी लगिएको छ।
घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको र दुर्घटनामा परेको मोटरसाइकल प्रहरी वृत्त
ठिमीमा राखिएको पाठकले जानकारी दिए।
Shares

प्रतिक्रिया