बंगलादेशमा सुरु साफ यू १९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ।
ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा शुक्रबार भएको खेलमा नेपाल साविक विजेता बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो।
खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल फर्काए पनि थप एक गोल खान पुग्यो।
खेलको ४० औँ मिनेटमा सगोरिकाको गोलमा नेपाल १–० ले पछि परेको थियो। त्यसको दुई मिनेटमा नै मुँकी अख्तरको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो।
खेलको ५४ औँ मिनेटमा सुक्रीया मियाको गोलमा नेपाल खेलमा फर्कने संकेत गरेको थियो। तर ५७ औँ मिनेटमा सगोरिकाले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याईन्। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले पहिलो हार व्यहोरेको हो।
समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार भुटानसाग खेल्नेछ। अन्तिम खेलमा मंगलबार भारतसँग खेल्ने तालिका छ।
चार टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।
Shares
प्रतिक्रिया