ad ad

समाज


मेलम्चीको पानी आजदेखि काठमाडौँमा वितरण हुँदै

मेलम्चीको पानी आजदेखि काठमाडौँमा वितरण हुँदै

नेपालखबर
माघ १, २०८० सोमबार ६:३५, काठमाडौँ

मेलम्ची खानेपानी विकास समितिले आज (माघ १ गते) देखि काठमाडौँ बासीका धारामा खानेपानी वितरण गर्दैछ। 

आज (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गर्दैछन्।

यसअघि नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका बनाएको छ। 

गएको वर्षातको समयमा आएको बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौँका धारामा झर्न लागेको हो। 

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा अब क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। 

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गर्ने आयोजनाको तयारी छ।

अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए। 

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो।

२८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो। 

लामो प्रतिक्षापछि काठमाडौँ आएको पेलम्चीको पानी विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहानमा क्षति पुगेपछि बाह्रै महिना वितरण हुन नसक्ने अवस्था छ।

सरकारले भने मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन प्रयास जारी राखिएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .