समाज


कोरोना अपडेटः मृत्यु हुनेको संख्या ४९२ पुग्यो, २४ हजार बढी संक्रमित

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ४९२ पुग्यो, २४ हजार बढी संक्रमित

नेपालखबर
माघ २२, २०७६ बुधबार ६:५०,

यस्तै फिलिपिन्समा एक र हङकङमा एक व्यक्तिको मृत्यु भएको छ। बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाको संक्रमणबाट २४ हजारभन्दा बढी संक्रमति बनेका छन्।

२४ हजार ५ सयमा कोरोना देखिँदा चीनमा मात्र २४ हजार ३ सयभन्दा बढीमा यसको संक्रमण देखिएको सीएनएनले जनाएको छ।

चीनबाहेक कोरोना २६ राष्ट्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरस विश्वभर फैलन सुरु भएपछि चीनबाट आफ्ना देशका नागरिकलाई फिर्ता गर्न विभिन्न देशले पहल कदमी सुरुवात गरेका छन्।

अमेरिका र अस्ट्रेलियाले चिनियाँ नागरिकलाई तत्कालका लागि आफ्नो देशमा आउन प्रतिबन्ध लगाएको छ। यस्तै हालै चीन भ्रमण गरेको विदेशी नागरिकलाई पनि उनीहरुले भिसा नदिने बताएका छन्। एजेन्सी

यो पनि।

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad