कारोबार


१६औं वर्षगाँठमा टेलिकमकाे नयाँ सुविधाः अहिलेसम्मकै ठूलाे डेटा प्याक

१६औं वर्षगाँठमा टेलिकमकाे नयाँ सुविधाः अहिलेसम्मकै ठूलाे डेटा प्याक

नेपालखबर
माघ २२, २०७६ बुधबार ६:४०,

नेपाल टेलिकमले १६औं वर्षिक उत्सवको अवसरमा आफ्ना ग्राहकलाई नयाँ सुविधा समेत सार्वजनिक गरेको छ। टेलिकमले आफ्ना डेटा प्रयोगकर्ताका लागि अहिलेसम्मकै ठूलो डेटा प्याक सार्वजनिक गरेको हो।

जसअनुसार ६ महिनासम्म प्रयोग गर्न पाइने ६० जीबी डेटा प्याक रहेको छ। यसको मूल्य कम्पनीले तीन हजार रुपैयाँ तोकेको छ। त्यस्तै १६ सय रुपैयाँमा तीन महिना प्रयोग गर्न पाउने ३० जीबी डेटा प्याक पनि कम्पनीले ल्याएको छ।

बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने २ सय एमबी डेटा प्याकको सुविधा पनि कम्पनीले आफ्ना ग्राहकका लागि घोषणा गरेको छ। जसको मूल्य १५ रुपैयाँ मात्र छ।

त्यस्तै कम्पनीले मोबाइल रिचार्जमा पनि अफर ल्याएको छ। जसअनुसार दुई सय र दुई सयभन्दा माथिको रिचार्जमा ग्राहकले दुई सय एमबी डेटा नि:शुल्क पाउनेछन् भने पाँच सय र पाँच सयभन्दा माथि ९ सय ९९ सम्मको रिचार्जमा पाँच सय एमबी डेटा नि:शुल्क प्रदान गरिन कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad