समाज


नेपाल टेलिभिजनका पहिलाे प्रस्ताेता दुर्गानाथ शर्माकाे निधन

नेपाल टेलिभिजनका पहिलाे प्रस्ताेता दुर्गानाथ शर्माकाे निधन

नेपालखबर
माघ २२, २०७६ बुधबार ७:२,

नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको छ।

नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो।

केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको उमेरमा बुधबार निधन भएको हो।

‘उहाँको मनमोहन कार्डियोथाेरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा निधन भएको हो,’ नेपाल टेलिभिजनका महाप्रबन्धक महेन्द्र बिष्टले नेपालखबरसँग भने।

नेपाल टेलिभिजनका निर्देशक राजु सिलवालका अनुसार गत बिहीबार मुटुसम्बन्धी समस्या भएपछि शर्मालाई गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको र मंगलबार राति मनमोहनमा भर्ना गरिएको थियो।

‘उहाँलाई पहिले नै हृदयघात भएर उपचाररत् हुनुहुन्थ्यो,’ सिलवालले भने।

२००४ सालमा इलाममा जन्मेका शर्माले गोरखापत्र, रेडियो नेपाल र एनटिभीमा धेरै वर्ष समाचारवाचक, कार्यक्रम प्रस्तोता, समाचार निर्देशक र नायब महाप्रबन्धक लगायत नेतृत्व तहको विभिन्न पदमा रही जिम्मेवारी सम्हालेका थिए।

‘२०४२ साल पुष १४ गते नेपाल टेलिभिजन शुरुवात हुँदा पहिलो एन्कर (प्रस्तोता) उहाँ नै हुनुहुन्थ्यो,’ सिलवालले भने।

शर्मा पत्रकारितासम्बन्धी शिक्षक तथा प्रशिक्षकको रुपमा पनि निकै सक्रिय थिए।

उनका २ छाेरा र श्रीमती छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad