ad ad

समाज


सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, ड्राफ्ट तयार गरिँदै

सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, ड्राफ्ट तयार गरिँदै

सरकार र शिक्षकबीचको वार्ता। तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
असोज ५, २०८० शुक्रबार १७:३३, काठमाडौँ

सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच ६ बुँदे सहमति भएको छ। 

शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ६ बुँदे सहमति बनेको हो।

आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्।

वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए।

त्यसैगरी सरोकारवाला मन्त्रालयका सचिवहरू पनि बैठकमा उपस्थित थिए। 

आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।

यसअघि बुधबार र बिहीबार पनि शिक्षकहरुका मागलाई लिएर वार्ता भएको थियो। 

बिहीबार बिहान पनि भएको वार्ता त्यतिकै सकिएको थियो। त्यसपछि फेरि शिक्षकहरुले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनाउँदै सडक आन्दोलन गरेका थिए। सडक आन्दोलन दुई दिनदेखि जारी छ। बिहीबार बेलुका र शुक्रबार बिहानको वार्तामा सहमति नबनेपछि आन्दोलनले निरन्तरता पाएको थियो। 

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट थिए।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको थियो।

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका थिए।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौँमा आन्दोलन थालेको थियो। शिक्षकहरुले देशभरका सरकारी र सामुदायिक विद्यालय पूरै बन्द गरिदिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .