ad ad

ग्लोबल


विपक्षी दलका नेतालाई पक्राउ गर्न दक्षिण कोरिया संसदको अनुमोदन

विपक्षी दलका नेतालाई पक्राउ गर्न दक्षिण कोरिया संसदको अनुमोदन

नेपालखबर
असोज ५, २०८० शुक्रबार १७:४१, काठमाडौँ

दक्षिण कोरियाको संसदले विपक्षी दलका नेतालाई पक्राउ गर्न अनुमोदन गरेको छ।

बिहीबार बसेको संसदको बैठकले मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख ली ले म्युङलाई गिरफ्तार गर्न माग गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो। प्रस्तावबारे मतदान गरिएको थियो। 

जसमा १४९, विपक्षमा १३६ र ६ वटा मत अनुपस्थित तथा चार अन्डर भोट थिए। अभियोजन पक्षले यस हप्ताको शसुरुमा विश्वासको उल्लंघन र घुसखोरी सहितिको आरोपमा पक्राउ पुर्जी मागेको थियो।

राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा वर्तमान सांसदलाई पक्राउ गर्न कानूनी व्यवस्था छ। सांसदहरूले सहमति जनाएपछि मात्रै थुनामा राख्न सकिन्छ।

२९८ सदस्यीय विधानसभामा डेमोक्रेटिक पार्टीको १६८ छ। दक्षिण कोरियाली सरकारले जापानको रेडियोधर्मी विकिरणबाट उत्पन्न फोहोर पानीलाई समुन्द्रमा फाल्ने समर्थन गरेको लगायत सरकारी नीतिहरुको विरोध गर्दै ली करिव तीन हप्ता यता अनशनमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .