ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सांस्कृतिक उत्सव ‘श्रावण मेला २०८३’ सुरु भएको छ।
शनिबार सुरु भएको साउन मेला आइतबारसम्म चल्नेछ। मेलामा साउन महिनाको उल्लास, मेहन्दी, परम्परागत पहिरन, विविध खानपान तथा प्रत्यक्ष सांगीतिक प्रस्तुति रहेका छन्।
परिवार, जोडी तथा सबै उमेर समूहका आगन्तुकलाई लक्षित गरेर मेला आयोजना गरिएको जनाएको छ। मेलामा १० हजारभन्दा बढीको सहभागिता रहने आयोजकको आकलन छ।















18
Shares

प्रतिक्रिया