काठमाडौंको ठमेलस्थित एलओडी क्लबले काुनको परिधिभित्र रहेर आफूहरूले व्यवसाय गरेको प्रष्ट पारेको छ। केही साताअघि उक्त क्लबमा पुगेकी किशोरीलाई एक पुरुषले ललितपुर पुर्याएर बलात्कार गरेका थिए।
सोही घटना सार्वजनिक भएपछि नाबालिग किशोरीलाई प्रवेश दिएको भन्दै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
बिहीबार क्लबले एक विज्ञप्ति जारी गर्दै किशोरीमाथि भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। पीडित र परिवारप्रति क्लबको साथ रहने प्रतिवद्धता जाहेर गरेको छ।
‘हामी कानुन भन्दा माथि र्छनौं। कानुनको परिधिभित्र रहेर व्यवसाय गरेका छौं र गर्नेछौं। हरेक कुराको सुरक्षा गर्न क्लब कटिवद्ध छ। हामी आफूलाई जवाफदेही बनाउँछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
उक्त घटनाले आफूहरुलाई दुःखीत बनाएको क्बलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
‘पीडित किशोरी र परिवारप्रति हाम्रो सदा साथ रहनेछ। यो दुभाग्यपूर्ण घटना क्लब परिसरमा भएको थिएन। क्लबभन्दा बाहिर भयो। केही कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको छ,’ क्लबले भनेको छ, ‘घटना क्लबभित्र भएको भए त्यसको सम्पूर्ण जिम्मा लिन सदा तयार छौं। कानुनको पालना गर्दागर्दै कोहीबेला हामीबाट थोरै चुक्न पुगेका छौं। यसमा क्षमा चाहन्छौं।’
घटना हुँदासम्म क्लबले थाहा नभएको विज्ञप्तिमा बताइएको छ।
थप समाचार:
- बलात्कार मुद्दामा जोडिएपछि एलओडीका सञ्चालक एक सातादेखि फरार
- ठमेलस्थित एलओडी क्लबका सञ्चालक सुवाल बालुवाटारबाट पक्राउ
- एलओडीका अर्का सञ्चालक श्रेष्ठ ललितपुरको कुपन्डोलबाट पक्राउ
- एलओडीबाट लगेर बालिका बलात्कार : अभियुक्त कोइराला जेल चलान
- एलओडीका म्यानेजरलाई थुनेर दुवै सञ्चालकलाई छाडियो
‘प्रहरीकोमा घटना दर्ता भएपछि मात्र थाहा पायौँ। जुन घटनाले हामीलाई दुःखी बनाएको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘क्लबका अनुसार १८ वर्षमाथिकालाई प्रवेश अनुमति छ। कुनै पनि नाबालिग किशोर–किशोरीलाई क्लबमा प्रवेश गर्न अनुमति छैन। उमेर खुल्ने परिचय पत्र अनिवार्य छ।’
एलओडीले सधैँ आफ्ना कर्मचारी र ग्राहकको सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। ‘हाम्रो प्राथमिकतामा सबै अतिथिहरूको लागि सुरक्षित वातावरण उपलब्ध गराउनु हो,’ विज्ञप्तिमा लेखिएको छ।
क्लबले सार्वजनिक क्षेत्र कभर गर्ने गरी सीसी क्यामेरा जडान गरिएको पनि बताएको छ। क्लब जानेहरूको सुरक्षा गर्न पनि तयार रहेको विज्ञप्तिमा जनाइएको छ।
‘सुरक्षित र मनोरञ्जन वातावरण बनाउन र काठमाडौं बाहिरका पाहुना, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न सधैं आतुर छौँ,’ विज्ञप्तिमा प्रष्ट पारिएको छ।
Shares

प्रतिक्रिया