ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजनाको बन्दी प्रत्यक्षीकरण रिटको मुद्दाको सुनुवाइ तीन दिन बित्दा पनि सकिएको छैन।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा भएको सुनुवाइ बुधबार पनि नसकिएपछि बिहीबार पनि हुने भएको हो।
मंगलबार भएको सुनुवाइ नसकिएपछि बुधबारका लागि निरन्तर सुनुवाइ हुने गरी रोकिएको थियो। रिट निवेदकका तर्फबाट बहस गर्ने धेरै भएपछि बुधबार पनि सुनुवाइ नसकिएको हो।
गत असार १२ गते पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले रिहाइको माग गर्दै असार १३ गते रिट दायर गरेका थिए।
यस्तै असार २४ गते पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतले असार २७ गते रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
उनीहरुले रिहाइको मागसहित बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। तीनजनाले रिट हालेपछि प्रहरी प्रधान कार्यालयले पहिल्यै सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको थियो।
सर्वोच्चले प्रतिवादी मध्येका १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेपछि प्रहरी प्रधान कार्यालयले उक्त आदेश खारेज गर्न माग गरेको थियो।
पक्राउ नगर्न माग गर्दै निवेदन दिएका टीकाराम घिमिरेसहित रिट पनि यी चारजनाकै रिटसँग राखिएको छ।
बुधबार अदालतले अब एक साथ आदेश सुनाउने सम्भावना थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटार जग्गा प्रकरणमा उनीहरुसहितलाई पक्राउ गरेर सरकारी कागजात किर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।
सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिसकेको छ। यसअघि बालुवाटार जग्गा प्रकरणमै अख्तियारले पनि मुद्दा चलाएको थियो।
तर अख्तियारले सीआईबीले भन्दा कमलाई प्रतिवादी बनाएको थियो। अहिले पनि यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।
मिनबहादुरसहित अख्तियारको मुद्दामा धरौटीमा रिहा भएका हुन्। तर, सचिव राउत लगायतविरुद्ध भने अख्तियारले मुद्दा चलाएको थिएन।
यो पनि पढ्नुहोस:
- मीनबहादुर पक्राउबारे निजी क्षेत्रको एकै स्वर : व्यवसायी त्रसित भए, अर्थतन्त्रमा असर पर्छ
- ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
- बालुवाटार जग्गा प्रकरण : थप २ जना पक्राउ
- ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित नौ जना थप सात दिन हिरासतमै रहने
- सर्वोच्चलाई सीआईबीको जवाफ : मीनबहादुरलाई छाड्दा अनुसन्धान पूरै प्रभावित हुन्छ
- ललिता निवास प्रकरण : सर्वोच्चले आदेश दिएको एक वर्षपछि प्रहरीको भ्याकेट निवेदन
- ईश्वर खतिवडाको यो आदेशले ललिता निवास प्रकरणका १७ जना हिरासत पुग्नबाट जोगिए
- हातमा स्लाइनको क्यानोलासहित देखिए ललिता निवासका अभियुक्त (तस्बिरहरू)
- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति
- मीनबहादरमाथि अभियोग : ललिता निवासको २९ रोपनी जग्गा भाटभटेनीको नाममा हडपियो
- पक्राउ पर्न थाले ललिता निवास प्रकरणका आरोपित, यी हुन् मुद्दा लागेका १७५ जना
- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
- ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ
- मीनबहादुरसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइँदै
- हातमा स्लाइनको क्यानोलासहित देखिए ललिता निवासका अभियुक्त (तस्बिरहरू)
- आज पनि सकिएन ललिता निवास जग्गा प्रकरणको सुनुवाइ
Shares
प्रतिक्रिया