कारोबार


मीनबहादुर पक्राउबारे निजी क्षेत्रको एकै स्वर : व्यवसायी त्रसित भए, अर्थतन्त्रमा असर पर्छ

मीनबहादुर पक्राउबारे निजी क्षेत्रको एकै स्वर : व्यवसायी त्रसित भए, अर्थतन्त्रमा असर पर्छ

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार १७:४७, काठमाडौँ

व्यवसायी मीनबहादुर गुरुङ ललिता निवास प्रकरणमा पक्राउ पर्दा निजी क्षेत्र कमजोर बनेको स्वर निजी क्षेत्रबाट उठेको छ। 

मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा रहँदा प्रमाणित हुन नससको प्रकरणमा व्यवसायीलाई पक्राउ गर्दा निजी क्षेत्र कमजोर भएको बताएको हो। 

नेपाल उद्योग वणिजय महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ। 

जसमा अहिले बजारमा न्यून मागका कारण लगानी विस्तार हुन नसक्दा कूल गार्हस्थ्य उत्पादन अपेक्षितभन्दा ६ प्रतिशत बिन्दु कम भएको छ।

राजस्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको उल्लेख छ। १० महिनायता मूल्य वृद्धिदर ७ प्रतिशतमाथि छ। 

उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको हो। 

देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको निष्कर्ष उनीहरुको छ। 

‘कानुनविपरीत काम गरेको प्रमाणित भए जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ’, निजीक्षेत्रले भनेको छ, ‘तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्दा सहन सकिँदैन। यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्छ।’

निजीक्षेत्रले अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट त्रसित हुनु परेको जनाएको छ। कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्ने उनीहरुको जोड छ।

‘राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवम् उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परे अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्र हार्दिक आग्रह गर्दछ,’ उनीहरुले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .