ad ad

समाज


ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ

ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार १२:५१, काठमाडौँ

बालुवाटारको ललिता निवास्थित सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप चारजनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंका फरक फरक स्थानबाट कर्मचारीसहित तीन चारजनालाई नियन्त्रणमा लिएको हो।

सीआईबीका एक अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन्। 

यस प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई मंगलबार नै काठमाडौंस्थित निवासबाट पक्राउ परिसकेका छन्। 

२०४९ सालदेखि २०६६ सालमा झन्डै १७ वर्ष सरकारी सेवामा रहँदा उनीहरुले भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय कार्यरत थिए। 

ललिता निवासको सरकारी जग्गा उनीहरुसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए। मालपोत कार्यालयका कागजपत्र किर्ते गरेर सरकारी जग्गा हडपिएको यो प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्यूँत्याएर अनुसन्धान अघि बढाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .