समाज


ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित नौ जना थप सात दिन हिरासतमै रहने

ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित नौ जना थप सात दिन हिरासतमै रहने

नेपालखबर
असार १९, २०८० मंगलबार १६:५३, काठमाडौँ

काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मंगलबार जिल्ला अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो।

बालुवाटार जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९ जनालाई पक्राउ गरिसकेको छ।

सीआईबीले सरकारी किर्ते कसुरमा असार १२ गते भाभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो।

यस्तै, सीआईबीले आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो भने सोमबार रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो।

१२ गते पक्राउ परेका चार जनालाई १३ गते नै जिल्ला अदालतले हिरासतमा राख्न ७ दिनको अनुमति दिएको थियो।

यो मुद्दामा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सर्वोच्चलाई सीआईबीको जवाफ : मीनबहादुरलाई छाड्दा अनुसन्धान पूरै प्रभावित हुन्छ

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .